Kath khabar
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

 

                       काठमाडौं, माघ २० ।  साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आज शुक्रवारदेखि सुरु हुँदैछ । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपाल सहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी ४ टोली सहभागी छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा सुरु हुनेछ । त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ ।

आज देखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको खेलपछि शीर्ष २ टोलीबीच बिहीवार फाइनल खेल हुनेछ ।

नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यस अघि १८ र १९ वर्ष मुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा हुन लागेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update