Kath khabar
राष्ट्रिय स्वतन्त्र पार्टीको आज निर्णायक बैठक बस्दै

 

            काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ ।

सरकारबारे निर्णय गर्न आज ११ बजे बैठक बस्न लागेको हो । हिजो रातिसम्म बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज पनि बैठक बस्न लागेको हो । आजको बैठक निर्णायक हुने बताईएको छ ।

गृह मन्त्रालयका विषयमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट दुई दिनको समय माग गरिएको थियो । बैठक लम्बिएमा आजको प्रतिनिधि सभाको बैठकमा पनि नगई बैठक गर्ने बताईएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update