Kath khabar
सामान्य अंकले बढ्यो नेप्से


                काठमाडौं, माघ २२ । नेप्से सामान्य अंकले बढेको छ । आज आइतबार नेप्से एक दशमलव ५४ अंकले बढेर दुई हजार ९६ दशमलव आठ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीहरुको ३९ हजार एक सय ८७ पटकको कारोबारमा ५२ लाख छ हजार तीन सय ७० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, फाइनान्स, जलविद्युत, विकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादकमूलक र सामूहिक लगानी कोष सहितका आठ वटा समुहहरूको सूचक बढेका छन् भने जीवन बीमा, निर्जिवन बीमा, लघुवित्त, अन्य र ट्रेडिङ सहितका पाँच वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेड, सयपत्री हाइड्रोपावर लिमिटेड, ग्लोवल आईएमई व्यालेन्स फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, कुमारी बैंक आदिको बढी रकम कारोबार भएका छन् ।


 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update