राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने
मन्त्रीहरुले आज नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने
काठमाडौं, माघ १९ । सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।
रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए भने श्रम, शिक्षा मन्त्री शिशिर खनाल, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय