काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको प्रष्ट पारेका छन् । आज पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन’ लामिछानेले प्रष्ट्याएका छन् । उनले भने, 'मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ । तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देशबाट फर्किन मिल्थेन । सोझो चिताएर त्यसरी लिएँ, तर प्रयोग गरिनँ ।’
उनले आफूलाई मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताउँदै केहि मिडिया तथा सम्पादकहरुको नाम लिएर भने, '१२ भाइ पत्रकारले मलाई चौतर्फी प्रहार गरे । लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताउँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।