Kath khabar
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० गोलले हरायो

 

                        ढाका, माघ २२ ।  बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई ४-० गोलले हराएको छ ।

ढाकामा आज आइतवार भएको खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिती राईले १ गोल गरिन् ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो भने भुटानलाई भारतले १२ गोलले हराएको थियो । प्रतियोगितामा नेपाल सहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि आउँदो बिहीवार खेल्नेछन् ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update