टर्कीमा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प
भूकम्पका कारण भएको विनाशपछि देशको मध्य र दक्षिणी भागमा उच्च स्तरको आपतकाल घोषणा
काठमाडौं, माघ २३ । टर्कीमा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार टर्की र ग्रीसमा १९ जनाको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् । मृत्युको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार बिहान ४ः१७ बजे गएको थियो । १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो । टर्की र अन्य नजिकैको सिमाना जोडिएका सिरियाली क्षेत्रहरूमा जनधनको क्षति हुने सम्भावना छ। भूकम्पका कारण भएको विनाशपछि देशको मध्य र दक्षिणी भागमा उच्च स्तरको आपतकाल घोषणा गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय