Kath khabar
सुगमले दिए गीत मार्फत देशलाई माया गर्न सन्देश


             काठमाडौं, माघ २३ । प्रयास गरौं, परिश्रम गरौं, लगन लगाऊँ, अध्ययन गरौं ।
                                                    यो देशका युवा एकै भयर, सम्भावनाको सारथी बनौँ ।
माथिका शब्द गायक सुगम पोखरेलको नयाँ गीत ‘किन हुँदैन !’ को हो । साहस शाक्यको संगीत तथा संगीत संयोजन रहेको गीत गायनमा सुगमलाई गायिका संगीता प्रधानले साथ दिएकी छन् । गीतको शब्द चन्द्र प्रसाईँ ‘परिष्कृत’ ले कोरेका हुन् ।

गीत राष्ट्रिय भावनाले भरिएको छ । गीतको मुल मन्त्र भनेको स्वदेश वा विदेश जाँहाबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार परिष्कृतले नेपाललाई माया गर्न र गर्यो भने देशमै सबै सम्भव भएको भावना व्यक्त गरेका छन् । देश सफल र सबल हुनका लागि एकतामा अडेको दिगो विकास आवश्यक रहेको गीतमा भनिएको छ ।

मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपा तमहं वन्दे श्री गुरु दीन तारणम परमानन्दमाधवम् ।

गीत, निकै मार्मिक यो माथिको श्लोकबाट सुरु भएको छ । गीतको आलाप आरसी रिमालले गाएका छन् र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा गायक सुगम पोखरेल, ल्याङ्ग्री दादा, सिता सुवेदीको मुख्य अभिनय छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोको छायांकन दिनेश पराजुली र सम्पादन नवीन निरौलाले गरेका हुन् । भिडियोको प्रोडक्सन हेड सरोज पोखरेल हुन्, भने निर्माता तेजी प्रसाईँ रहेकी छन् ।

भिडियोमा देशको गौरवको रुपमा रहेको बिभिन्न कलासंस्कृति समेत प्रस्तुत गरिएको छ । गीत, गीतकार संघ नेपालका आजिबन सदस्य गीतकार प्रसाईकै च्यानल प्रसाई सन इन्टरटेनमेन्ट युट्युवबाट सार्वजनिक भएको हो । एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिष्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थायी घर भएका प्रसाई सानैदेखि गीत, कविता र गजल लेख्ने तथा गुनगुनाउने गर्दथे ।

भिडियो लिंक
https://youtu.be/1jSwbDTNXo4


 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update