काठमाडौं, माघ २३ । रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठान गौमुख नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमती बस्ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् ।
काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालकहरूले विभिन्न ९ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित कृषि कम्पनी र फ्रुट प्याकेजिङ लगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमतीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।