प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, माघ २३ । हिजो प्रतितोला दुई हजार रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला तेह्र सय बीस रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय