रास्वपाका निवर्तमान तीन मन्त्रीहरुद्धारा गर्न लागिएको पत्रकार सम्मेलन स्थगित
काठमाडौं, माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीहरुद्धारा गर्न लागिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।
आइतबार पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना निवर्तमान मन्त्रीहरूले आज तीन बजे पार्टी कार्यालय बसुन्धरामा गर्ने भनिएको पत्रकार सम्मेलन कुनै कारण नबताइ स्थगित गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले हिजो सरकारबाट हट्ने निर्णय लिए लगत्तै श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १३:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय