Kath Khabar
नेता भीम रावलद्वारा रवि लामिछानेको जाँच गर्न माग 

 

                         काठमाडौं, माघ २३ ।  नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जाँच गर्न माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर मिडिया विरुद्ध अनियन्त्रित अभिव्यक्ति दिएका लामिछानेले लोकतान्त्रिक मान्यतालाई नमानेको र गाली गलौचमा उत्रिएको भन्दै जाँच गर्न माग गरेका हुन् । 

राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश/जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्ने तर अरू विरुद्ध विषवमन नगर्ने भन्दै रविमा राजनीतिक चेत नरहेको बताएका हुन् । 

'राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश/जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।' उनले ट्वीटरमा लेखेका छन् 'सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न, यस कसीमा रवि लामिछानेको जाँच गरौं।' 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update