काठमाडौं, माघ २३ । नेप्से बढेको छ । आज सोमबार नेप्से चार दशमलव ५७ अंकले बढेर २१ सय दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ७६ अंकले बढेर चार सय दुई दशमलव एक अंकमा चढेको छ ।
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको २९ हजार आठ सय ४६ पटकको कारोबारमा ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ रुपैयाँ ६० पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, फाइनान्स, लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक र अन्य सहितका आठ वटा समुहहरूको सूचक बढेका छन् भने विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका पाँच वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी बैंकको ऋणपत्र, मिथिला लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक, आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।