रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
काठमाडौं, माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्तिमार्फत तीनै जनाको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको छ ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय