Kath khabar
काठमाडौंका तीनवटा फर्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अन्डा नष्ट गरियो


                काठमाडौं, माघ २४ । काठमाडौंको तीनवटा कुखुरा फर्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।

पशु विभागका अनुसार ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो ।

यसक्रममा खुमलटारबाट २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी, रामकोट फार्मबाट ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ भने तार्केश्वर फार्ममा भएको ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको पशु विभागका सूचना अधिकारीले बताए ।

 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update