टर्की, माघ २४ । टर्कीमा भूकम्पले भत्किएको भवनको भग्नावशेषमा पुरिएका विश्व चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन्। डेलीमेलका अनुसार अत्सु जीवितै फेला परेको र अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।
इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवन मुनि फसेका थिए। उनको जीवितै भएको खबर आएपछि उनका फ्यानहरु खुशी भएका छन् ।
टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या अहिले सम्म ५ हजार ८ सय नाघेको छ, ७.८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन् ।
मुख्यत टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा ७ हजार ६३४ जना घाइते भएका छन् भने २ हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।
उता सिरियामा ९७८ जनाको मृत्यु भएको खबर छ भने टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म ७ रेक्टर स्केल भन्दा बढी ३ वटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
टर्कीको भूकम्पमा परेका ३ वर्षका एक बालकलाई २२ घण्टापछि उद्धार गरिएको छ । ति बालकलाई बाहिर निकाले लगत्तै उनका बाबु आमाले अंगालो मार्दै काखमा चुमेको दृश्य बाहिरिएको छ । ७.८ म्याग्नीच्युडको भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।