काठमाडौं, माघ २४ । नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से ७६ दशमलव ६४ अंकले बढेर २१ सय ७७ दशमलव ३४ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि १२ दशमलव ८५ अंकले बढेर चार सय १५ दशमलव शून्य एक अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ६० वटा कम्पनीहरुको ५९ हजार नौ सय २७ पटकको कारोबारमा ९३ लाख ३३ हजार सात सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बरुण हाइड्रो पावर कम्पनी, आदर्श लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने आईसीएफसी फाइनान्सको ऋणपत्र २०८३, एनआईबिएल समृद्धि फण्ड २, कुमारी धनवृद्धि योजना आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक, युनिभर्सल पावर कम्पनी, स्टान्डर्ड चार्टड बैंक आदि परेका छन् ।