काठमाडौ, माघ २५ । अधिवक्ता समेत रहेका युवराज पौडेल (सफल)ले रास्वपाको अध्यक्ष रवि लामछाने बिरूद्ध सरकारी वकिलको कार्यालयमा उजुरी हालेका छन् । सफलले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्र लेख्दै लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर गरेकाले निजलाई ५ वर्षसम्मको कैद र हदैसम्मका जरिवाना समेत गर्ने गरी मुद्दा चलाउन माग गरेका छन्।
गैर नेपाली नागरिक रही लामिछानेले प्राप्त गरेको ०८८...राहदानी, राहदानी ऐन बमोजिम रद्ध गर्न तथा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसूरको अनुसन्धान तथा कानून बमोजिम मुद्दा कारबाही चलाइ पाऊँ भनी माघ १७ गते जिल्ला प्रहरी परिसर टेकू काठमाडौंमा जाहेरी दर्ताको लागि पेश गरिएकोमा कार्यालयले उजुरी दर्ता गर्न नमानेकाले मुलकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम उजुरी दर्ताका लागि आदेश दिन आग्रह गरेका छन्।