टर्की, माघ २५ । सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म ८ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दक्षिणी टर्की र उत्तरी सिरियामा व्यापक उद्धार कार्य जारी छ। उद्धारकर्ताहरूले पीडितहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छन्।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् । अर्दोआनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद दिए।
यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा ३ महिनाका लागि सङ्कटकाल लगाएका छन् ।
संयुक्त राष्ट्र संघका एक पूर्व सहायता प्रमुखले बीबीसीलाई भने कि सहायता उत्तरी सिरियाको नियन्त्रण लिन खोज्ने समूहहरू मार्फत नभई मानवीय र अन्तर्राष्ट्रिय समूहहरू मार्फत पठाउनुपर्छ।
बीबीसीको पीएम कार्यक्रममा बोल्दै जेन एगल्यान्डले सिरियामा कुनै पनि राजनीतिक दलले सरकार नियन्त्रित क्षेत्र होस् वा विपक्षी नियन्त्रित क्षेत्रमा सहयोग लिनु हुँदैन भने ।
टर्कीमा भूकम्प पछि एउटा बन्दरगाहमा ठूलो आगलागी भएको छ । अधिकारीहरुका अनुसार आगो निभाइएको छ ।जसका कारण धेरै कन्टेनरमा आगो लागेको छ र त्यहाँबाट गुज्रिरहेका धेरै जहाजहरु डाइभर्ट भएका छन् । सोही क्रममा टर्कीसँग ऐक्यबद्धता जनाउन नेटोको मुख्यालयमा सदस्य राष्ट्रका झण्डा आधा झुकाइएको थियो ।