Kath khabar
डिल्लीराम विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् करिश्मा मानन्धर

 

                         काठमाडौं, माघ २६ ।  पछिल्ला दिनमा नायिका करिश्मा मानन्धर आफ्नो विबादित अभिव्यक्तिका कारण मिडियामा छाइरहेकी छिन् । तर यतिबेला भने उनले डिल्लिराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफ्नो जोडेर भ्रमपूर्ण हल्ला फैलाएको आरोप लगाउँदै उनी साइबर ब्यूरोमा निवेदन दिन पुगेकी छिन् ।

फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएपछि नायिका मानन्धर साइबर ब्यूरोको सहयोग लिन पुगेकी हुन् । 

कलाकार भएपनि सामाजिक व्यक्ति भएका कारण पनि सहनु पर्छ भनेर चुप लागेर बसे तर रविजीसँगको लिभिङ रिलिेसनसिप भनेर हल्ला नै फैलाएका डिल्लीराम विरुद्ध चुप लागेर बस्न नसकेपछि मैले प्रहरी गुहार्न बाध्य भएकी छु् ।
साइबर व्यूरोपछि अदालत पनि जाने बताएकी नायिका करिश्माले लेखेको स्टाटस यस्तो छ, ‘उहाँ को हो, यो अत्ति भयो, भैहाल्यो भने, कलाकारलाई यस्तै भन्छन् भनेर सहे, हिजो साइबर ब्यूरोमा निवेदन हालेकी छु ।

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update