काठमाडौं, माघ २६ । नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहीबार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
नेप्से आज १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ४२ अंकले बढेर चार सय १५ दशमलव ४२ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरूको ३५ हजार चार सय ५० पटकको कारोबारमा ५६ लाख ४८ हजार दुई सय १२ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब छ करोड २० लाख ५८ हजार सात सय ४९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक घटेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था, कुमारी बैंकको ऋणपत्र, कालिका पावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा नबिल व्यालेन्स फण्ड ३, गुराँस लघुवित्त वित्तीय संस्था, आर्दश लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर कम्पनी, नबिल बैंक, नेपाल एसबिआई बैंक, रिडी हाईड्रो पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।