Kath khabar
युरोपियन युनियनका राजदूत डिप्रेजले गरिन् ऊर्जामन्त्री लिङ्देनसँग भेटवार्ता

 

                           काठमाडौं, माघ २६ ।  नेपाल लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् ।

बिहीबार सिंहदरवारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले मन्त्री लिङ्देनसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपालको ऊर्जा विकाश सहित आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा छलफल भएको छ । नेपालको ऊर्जा सहितको विकासमा युरोपियन युनियनले सहयोग गर्ने राजदूत डिप्रेजले बताएकी छन् ।

मन्त्री लिङ्देनले बंगलादेशसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने जानकारी दिँदै आफूले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update