काठमाडौं, माघ २७ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग-टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।
‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले पनि सहभागिता जनाउने भएका छन् । लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वर्ल्ड कप लिग-२’ मा सहभागिता जनाउन लागेको हुन्।
क्यानले बुधबार सार्वजनिक गरेको खेलाडीको सूचीमा कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दीप जोरा, सूर्य तामाङसहितको नेपाली टोली रहेका छन्। यस्तै वैकल्पिक खेलाडीमा आरिफ शेख, प्रतिश जि.सी.मौसम ढकाल र अर्जुन साउद रहेका छन् ।
नाबालिग बालिका बलात्कारको आरोपमा मुद्धा खेपेर हालै थुनामुक्त भएका लामिछानेलाई गत बिहीबारदेखि क्यानले सन्दीपलाई प्रशिक्षणमा राखेको थियो, उनले शुक्रबार माघ २० देखि प्रशिक्षण सुरु गरेका थिए । नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ ।