Kath khabar
एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा एक दिने व्यवसायिक तरकारी खेती तालिम सञ्चालन



                काठमाडौं, माघ २७ । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रादेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि १ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम मिति २०७९ माघ २६ गते पिस प्वाइन्ट पार्टी प्यालेस, गोपीगन्ज नवलपरासी (वर्दघाट रोड ) मा सम्पन्न गरेको छ ।

संस्थामा आबद्ध रहि तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यवसायिक कृषि गर्न इच्छुक समुह सदस्यहरूलाई स्थानीय क्षेत्रमा नै व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यहरुको आम्दानीमा बृद्धि गर्ने हेतुले उक्त क्षमता अभिवृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख श्री अमर नाथ सेढाइले बताउनु भयो ।

संस्थाको उप प्रादेशिक कार्यालय भुताहा अन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध  करिब ५० जना समुह सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा हालको आधुनिक कृषि प्रणाली तथा भईरहेका अभ्यासहरू, व्यवसायिक कृषि सम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विष्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण कसरी गर्ने साथै, संस्थामा आबद्ध हुँदा पाइने सुविधा लगायतको विषयमा अन्तरक्रियात्मक ढङ्गले कार्यक्रम प्रस्तुत गरिएको थियो ।

उक्त तालिम कार्यक्रममा कर्पोरेट कार्यालयका चिफ बिजनेस एण्ड क्वालिटी इन्स्युरेन्स इकोसिस्टम श्री अर्जुन श्रेष्ठले संस्था तथा संस्थाका सेवा सुविधाबारेमा प्रष्ट पार्नुभएको थियो भने पशु तथा कृषि प्राविधिक श्री निरज पौडेलले तालिममा कृषि तथा पशु व्यवसाय सम्बन्धी कक्षाहरुको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख श्री श्री अमर नाथ सेढाईं ले सहभागीहरूलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा आफ्नो कृषि पेशामा लागू गर्न सुझाव दिनुका साथै भविष्यमा समेत संस्थामा आवद्ध कृषक सदस्यहरुको आयआर्जनमा टेवा पुर्‍याउने यस्ता खाले कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी दिनुभयो ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update