Kath khabar
गैँडाको खाग ओसारपसार तथा खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ

 

                          काठमाडौं, माघ २७ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले विशेष सूचनाका आधारमा गएको पुस १९ गते जिल्ला काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गैँडाको १ थान खाग सहित सुरुमा इन्द्रमणि आचार्य र जमुना कुमारी शर्मालाई पक्राउ गरेको थियो ।

त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको ब्युरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिनुभयो । ब्युरोको टोलीले अनुसन्धानका लागि गएको १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो ।

यसैगरी २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोम बहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update