Kath khabar
टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो



               काठमाडौं, माघ २७ । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ  । फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्प यस क्षेत्रमा दोस्रो ठूलो विनाशकारी भूकम्प बनेको छ । पछिल्लो पटक टर्कीले सन् १९३९ मा एर्जिनकानमा यति म्याग्निच्युडको भूकम्प गएको थियो ।

विश्वभरका उद्धारकर्मीहरूले भत्किएका भवनहरू मुनिबाट मानिसहरूलाई बाहिर निकाल्न सफल भएका छन्। विनाशकारी भूकम्प र त्यसपछिको परकम्पहरूको शृङ्खलापछि अब भग्नावशेषमा थप मानिस बाँच्ने आशा निरन्तर घट्दै गएको छ।

भूकम्पपछि सडकमा बास भएका मानिसहरु अहिले चिसोबाट समस्यामा परेका छन् । खाना, पानी र अत्यावश्यक वस्तुका लागि जनताले समस्या भोगिरहेका छन्। उद्धारकर्ताहरूले बाँचेकाहरूलाई बाहिर निकाल्न भग्नावशेष खन्ने क्रम जारी छ।

भूकम्पपीडितलाई सम्पूर्ण विश्वले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तराष्ट्रिय सहायताका निम्ति अपील गरेको छ। अन्तराष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update