Kath khabar
कर्मसियल आर्टिष्ट संघद्धारा काठमाडौं महानगरको अव्यवहारिक कर नीति हटाउन माग



                      काठमाडौं, माघ २८ । कर्मसियल आर्टिष्ट संघले काठमाडौं महानगरको अव्यवहारिक कर नीति हटाउन माग गरेको छ । संघ अन्तर्गतको नेपाल सटर तथा भित्तेलेखन कला समितीद्धारा शनिवार राजधानीमा अन्तक्रिया कार्यक्रमको आयोजना गर्दे अव्यहारिक कर नीति हटाउन माग गरेको हो ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय पेन्टिङसंग सम्वन्धीत सिंगो व्यवसायलाई धरासायी हुने गरी लगाएको कर र धरकपडका बिषयमा कसरी एकजुट भई अगाडि बढ्ने भन्ने विषयमा अन्तक्रिया कार्यक्रम गरिएको नेपाल सटर तथा भित्ते लेखन समितीका अध्यक्ष केशव लामाले बताए । प्रत्यक्ष तथा अप्रतक्ष्यरुपमा समेत गरी यो क्षेत्रमा झण्डै पाँच लाख परिवार आश्रित रहेको छ । तर महानगरले ल्याएको अव्यहारिक कर नीतिका कारण यि सबैको रोजी रोटी गुम्ने अवस्था आएको छ ।

यो अवस्थामा राज्यको जिम्मेवार निकायले हाम्रो कुरा सुनेन् अब आन्दोलन गर्नुको बिकल्प छैन, अध्यक्ष लामाले भने । राज्यको बिकासको लागि कर तिनु पर्छ, हामी तिरेका छौं र तिछौं पनि तर त्यो कर व्यवहारिक हुनु पर्यो, न्यायोचित हुनुपर्यो, वैज्ञानिक हुनुपर्यो । बिचौंलिया मार्फत त कर लिनु भएन नि, उनले भने ।

राज्यले अहिले सिधै कर नउठाएर बिचौलिया र माफियाको माध्यमद्धारा कर उठाएर हाम्रो व्यवसाय माथि नै धावा बोलेको छ, यो अवस्थामा हामी चुप लागेर बस्यौं भने हाम्रो व्यवसाय धरासायी हुन्छ, हाम्रो रोजीरोटी खोसिन्छ । हाम्रो रोजगारी र रोजीरोटीकोको ग्यारेन्टी कसले लिन्छ, अध्यक्ष लामाले भने । करमा एकरुपता हुनुपर्छ, हचुवाको भरमा कर निर्धारण गरेर हुँदैन, नेपाल कर्मसियल आर्टिष्ट संघका महासचिव चित्र बहादुर कार्कीले भने । नेपालमा अहिले विज्ञापन कर अत्याधिक महँगो भएको भन्दै काम दिने कम्पनी नैं नभएको उनले बताए । अहिले तीन बाई १० को होर्डिङ बोर्डको कर ३० हजार रुपैंयाँ पर्छ, यो नागरिक माथिको राज्यको ज्यादती भएन र ? उनले भने ।

अहिले हाम्रो काम खोस्ने १ नम्वरको खराव निकाय भनेको काठमाडौं महानगरपालिका हो, महासचिव कार्कीले भने । राज्यको बिरोध गर्नु आफ्नो काम नभएको भन्दै उनले अहिले आफुले बाँच्ने आधार खोजेको बताए । यदि राज्यले स्थानीय निकायले लगाएको कर, अनाधिकृत ठेक्का, अनाधिकृतरुपमा हटाएको होर्डिङ बोर्ड आदिको व्यवसायमा राज्यले मजदुरहरुको हितमा ध्यानमा राखेर काम गर्देन भने, बाध्य भएर आन्दोलनमा होमिने महासचिव कार्कीले चेतावनी दिए ।

 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update