Kath khabar
टर्की -सिरिया भूकम्प - अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु

 

            काठमाडौं, माघ २९ ।  गत सोमबार टर्की र सिरियामा भएको भीषण विनाशका कारण अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चिसो मौसमका बाबजुद पनि हजारौं उद्धारकर्मीहरूले भग्नावशेष निकालिरहेका छन्। भूकम्पमा परी कैयन हराइरहेका छन् । त्यसैले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । लाखौं मानिस सहयोगको पर्खाइमा छन् । भूकम्प गएको ६ दिन बिते पनि भग्नावशेषबाट जिउँदै निकाल्ने आशा अझै मरेको छैन ।

भूकम्पको भग्नावशेषबाट एकै परिवारका ५ जनाको उद्धार गरिएको छ। शुक्रबार भूकम्प प्रभावित क्षेत्रबाट आठ वर्षीया बालिकाको पनि उद्धार गरेको छ। टर्कीको गाजियन्टेपको नुरदागीमा गएको शक्तिशाली भूकम्पमा ती बालिका भवनको भग्नावशेषमुनि जिउँदै फसेकी थिइन् ।

सिरियामा मात्र ५.३ मिलियन मानिस घरबारविहीन हुन सक्ने संयुक्त राष्ट्रसंघले बताएको छ । भूकम्पबाट करिब २ करोड ६० लाख मानिस प्रभावित भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update