काठमाडौं, माघ २९ । नेप्से उच्च अंकले घटेको छ । आज आइतबार नेप्से ६० दशमलव ७७ अंकले घटेर २१ सय २१ दशमलव ८६ अंकमा पुग्दा सेन्सिटिभ पनि १० दशमलव ९९ अंकले घटेर चार सय चार दशमलव ४३ अंकमा झरेको छ ।
आज दुई सय ५३ वटा कम्पनीहरुको ५१ हजार दुई सय २६ पटकको कारोबारमा ८१ लाख ३९ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सबै समुहहरूको सूचक उच्च अंकले घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज खप्तड लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, बैंक अफ काठमाडौंको ऋणपत्र आदिको सेयर मूल्य बढेका छन् भने ङादी ग्रुप पावर लिमिटेड, जोशी हाइड्रो पावर कम्पनी, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, इष्टर्न हाइड्रो पावर कम्पनी आदिको सेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, न्यादी ग्रुप पावर लिमिटेड, अपि पावर लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् ।