Kath khabar
रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक आज बस्दै


                काठमाडौं, फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक आज बस्दैछ।

बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रिय कार्यालयमा बस्नेछ। बैठकमा उपनिर्वाचनका विषय तथा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले चितवन क्षेत्र नं.२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ । पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्वित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update