Kath khabar
टर्कीमा आइतबार फेरि भूकम्प, हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु


                 काठमाडौं, फागुन १ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३४ हजार १०५ पुगेको छ । योसँगै अहिले घाइतेको संख्या १ लाख नजिक पुगेको छ । भग्नावशेषमुनि पुरिएका मानिसको उद्धार कार्य अझै जारी छ। उद्धार गर्न विगत ५ दिनदेखि कडा चिसोमा उद्धारकर्ताहरु निरन्तर खटिरहेका छन् ।

सिरियामा ४ हजार ५ सय ७४ जनाको मृत्यु
योसँगै सिरियामा भूकम्पका कारण ४ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ । सिरियाली स्वास्थ्य मन्त्रालयका अनुसार सिरियाको उत्तरपूर्वी क्षेत्रमा ३,१६० जनाको ज्यान गएको छ । एजेन्सीका अनुसार सरकारी नियन्त्रण क्षेत्रमा १ हजार ४१४ जनाको मृत्यु भएको छ।

टर्की-सिरिया सीमामा अवस्थित कहरामनमारस सहरमा आइतबार फेरि ४.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । गत सोमबारदेखि अहिलेसम्म टर्की-सिरियामा लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । टर्कीमा विनाशकारी भूकम्प गएको ६ दिनपछि उद्धारकर्ताहरूले एक गर्भवती महिला र दुई बालबालिकासहित केही जीवित व्यक्तिहरूलाई भवनको भग्नावशेषबाट निकालेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update