समाज दर्पण
द्वन्द्वपीडित र नागरिक समाजद्वारा ‘जनयुद्ध दिवस’ मनाउने निर्णय विरुद्ध विरोध तथा ब्यानर प्रदर्शन
सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन्। सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रदै फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन्, ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानर सहित उनीहरुले प्रदर्शन गरेका हुन्
काठमाडौं, फागुन १ । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ।
तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पवकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ।
तर, सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन्। सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रदै फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन्, ‘सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानर सहित उनीहरुले प्रदर्शन गरेका हुन्।
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९ १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय