Kath khabar
दरबारमार्गमा खुल्यो, अर्गानिक रेस्ट्रो बार खानाको पारखीहरूका लागि उपयुक्त गन्तव्य



                काठमाडौं, फागुन १ । अर्गानिक खानाको परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार खुलेको छ ।

प्रमुख अतिथि नेपाल फिल्म सोसाइटीका अध्यक्ष विशिष्ट नायक तथा कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यमा रिबन काटेर उद्घाटन गरिएको कार्यक्रममा चर्चित कलाकार जितु नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार मोहन निरौला, पुरन जोशी, निर्माता मोहन कृष्ण श्रेष्ठ, कलाकार राजेश बिशुराल, गायक शंकरलाल श्रेष्ठ, संचारकर्मी तथा कलाकार सूर्य चन्द, निर्देशक विधान कार्की, नायक संजय खतिवडा लगायतका विशिष्ट कलाकारहरू, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दरबारमार्ग बाटा सोरुमको माथिल्लो तल्लामा पारिवारिक वातावरणमा खुलेको “अर्गानिक रेस्ट्रो बार“ खानाको पारखीहरूको लागि अर्गानिक, स्वादिष्ट, हाइजेनिक अन्तराष्ट्रिय स्तरको खानाहरूको गन्तव्य बनेको छ। स्वदेशी तथा विदेशी खानाका पारखीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ ।

बिहान १० बजे देखि रातिको २ बजेसम्म सेवा प्रदान गरिने उक्त अर्गानिक रेस्ट्रो बारमा अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । अर्गानिक तथा हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने अर्गानिक रेस्ट्रो बारकी संचालक शीतल श्रेष्ठले बताइन्। रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरूको मागलाई उच्च प्राथमिकता दिएर सेवा सुविधा प्रदान गरिने भएको छ ।

अन्तराष्ट्रिय स्तरको रेष्टुरेन्ट एण्ड बार नेपालमा सञ्चालनमा ल्याएर विभिन्न परिकारका शुद्ध अर्गानिक खाना तथा ड्रिंक्सका पारखीहरूलाई फरक स्वाद चखाउने उद्देश्यले संचालनमा ल्याएको यस रेष्टुरेन्टमा पारिवारिक तथा रमाइलो वातावरणमा सेवा सुविधा लिन सकिन्छ । अर्गानिक चुलो सिनामंगलमा रहेको र ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राखी त्यसको ब्रान्चको रुपमा दरबारमार्गमा खोलिएको युवा व्यवसायी शीतल श्रेष्ठ बताउँछिन् ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update