Kath khabar
भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग



                काठमाडौं, फागुन १ । नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्कीका नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ ।

टर्कीको गएको महाभूकम्पका कारण प्रभावित भएका नागरिकहरूका लागि मानवीय सहायता स्वरुप  चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरू सहयोग गरेको हो । टर्कीका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका बस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।

नेपालमा २०७२ सालको बिनासकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामाग्री उपलब्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताउनुभयो ।

चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकता अनुसार नेपालीहरूलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर अफ कसर्सले यसअघि अफगानिस्तानमा पनि मानवीय सहायता अन्तर्गत आर्थिक सहयोग गरेको थियो ।

परराष्ट्रमन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्ल सहितको टोलीले अफगानिस्तानमा नै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको थियो ।


 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update