काठमाडौं, फागुन १ । नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक-५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।
वन मोर रिजन टु गो इलेक्ट्रिक नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक-५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस को वासिङ्टन मेसिन उपहार प्राप्त गर्न सक्नेछन् ।
समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरूको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले सधैं आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको छ्र । अहिलेको आवश्यकता अनुरूप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरूको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
हुन्डाई कोना तथा आयोनिक-५ नेपालको विद्युतीय गाडीहरूको श्रेणीमा अग्रपङ्क्तिमा आउँछ र यी दुवै उत्पादनहरूले ग्राहकहरूको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना तथा आयोनिक-५ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ । विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ। विद्युतीय गाडीको बिक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेसन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।