Kath khabar
बालाजुमा यातायात मजदुरको आन्दोलन, प्रहरीका दुई गाडी तथा अस्थायी प्रहरी विट जलाइयो

 

                काठमाडौं, फागुन १ । यातायात मजदुरले गरेको आन्दोलनका कारण काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । आज अपरान्हबाट सुरु भएको मजदुर र व्यवसायीको आन्दोलनले साँझपख उग्ररुप लिएको हो ।

सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुरले आज सोमवार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए । आन्दोलनकारीले बालाजु चोकमा रहेको नेपाल प्रहरीको अस्थायी पोष्टमा क्षति पुर्याउनुका साथै दुई वटा प्रहरीको भ्यानमा आगो लगाएर क्षति पुर्याएका छन्।

यातायात मजदुरहरुले ढुङ्गा हानेपछि १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी पनि घाइते भएको बताइएको छ । झडपमा प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको छ ।

साँझपख तनावग्रस्त भएको बालाजु नयाँ बसपार्क क्षेत्रमा प्रदर्शनकारी र प्रहरीको कुटाइ खाने डरले सर्वसाधारण हिँड्दासमेत त्रासले हात उठाएर हिँड्नुपरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update