यातायात मजदुरको आन्दोलन फिर्ता
काठमाडौं, फागुन २। आन्दोलनरत यातायात मजदुरको आन्दोलन स्थगित भएको छ। आज मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा सरकार र आन्दोलनरत यातायात मजदुरबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो।
नेपाल यातायात मजदुर संघको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको थिएन। यातायात नचल्दा यात्रुहरु मर्कामा परेका थिए।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय