Kath khabar
आज आईसीसी लिग टू अन्तर्गत नेपाल र नामिबिया खेल्दै

 

                         काठमाडौं, फागुन २ ।  भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज आज शनिबारबाट शुरु हुदैछ । 

सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाको खेल्दै छन् । खेल आज आज मंगलबार बिहान ९ बजेबाट टियू मैदान किर्तिपुरमा आयोजना हुदैछ । 

आज देखि शुरु हुने यो त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एकअर्का विरुद्ध समान २-२ खेल खेल्ने छन् । 

नेपाल यस सिरिजमा नयाँ प्रशिक्षक मोन्टि देसाईको नेतृत्वमा पहिलो पटक खेल्दै छ । त्यस्तै विवादका बीच सन्दीप लामिछानेले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । 

नाबालिक बलात्कारको आरोप लागेर धरौटीमा छुटेका सन्दीपलाई टिममा समावेश गरेको भन्दै विरोध भइरहेको छ ।

एकदिवसीय अन्तराष्ट्रियमा नामिबिया विरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो । लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । 

२०१६ मा भएको २ खेलमा दुवै खेल नेपालले जितेको थियो । 

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाली टोलीमा समाविस्ट खेलाडीहरु : 

रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ ।

वैकल्पिक खेलाडीहरु : 

आरिफ शेख, प्रतिश जी.सी,श्याम(मौसम) ढकाल र अर्जुन साउद ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update