भक्तपुरको झौखेलस्थित कुखुरा फार्ममा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति
भक्तपुर, फागुन २। भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्रोइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ।
आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेलस्थित जागृति चोक नजिक स्थानीय ध्रुव दाहालको जग्गा भाडा भई काठमाडौं कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएको हो।
आगलागीबाट कुखुराको चल्ला र फार्म जल्दा नौ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।
कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको थियो। भक्तपुरको दुईवटा दमकल र नेपाल प्रहरीको ३० जनाको टोलीले फार्मको आगो निभाएको थियो।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय