Kath khabar
सिनामंगलमा व्यवस्थित तरकारी बजार सञ्चालन



                  काठमाडौं, फागुन २ । काठमाडौंको सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार सञ्चालनमा ल्याइएको छ । 

सिनामंगल वरिपरिका उपभोक्तालाई ताजा तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यका साथ तरकारी बजार सञ्चालनमा ल्याइएको संचालक राम बहादुर राईले बताएका छन्। काठमाण्डौ महानगरपालिकाले व्यवस्थित सहर निर्माणका लागि फुटपाथ व्यापारलाई निषेध गरेसँगै तरकारी बजारले ठेला र फुटपाथ व्यापारीलाई व्यवसाय गर्न केहि रुपमा मद्दत गर्ने सञ्चालक राईले बताएका छन् ।

फागुन १ गते देखि काठमाण्डौ मेडिकल कलेजको पछाडि, पहिलाको विश्रान्ति पार्टी प्यालेस भएको ठाउँमा तरकारी बजार सुचारु भएको हो । आधुनिक व्यवस्थापन, प्रशस्त पार्किङको सुविधा र २४ सै घण्टा सिसिटिभी तथा सेक्युरिटीको व्यवस्था तरकारी बजारमा रहेको छ । .

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update