Kath khabar
मोबाइल पसल लुटपाट घटनाको दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन



              काठमाडौं, फागुन २। सोमबार बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

मंगलबार गृह सचिव विनोद प्रकाश सिंहले प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई फोन गरी यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिनुभयो।

आन्दोलनकारीहरुले गोंगबुस्थित ल्होत्से मलमा तोडफोड गर्नुका साथै उक्त मलमा रहेको एसिडीसी मोबाइल सेन्टरमा लुटपाट गरेका थिए । आन्दोलनकारीहरुले पसलहरूका सिसा र सटर फोरेर मोबाइल लुट्दै गरेको भिडियोहरू तथा उक्त पसलको सिसिटिभी फुटेजसमेत सामाजिक सञ्जालमा अहिले सार्वजनिक भएको छ ।

यस्तै मंगलवार नेपाल मोबाइल व्यवसायी महासंघले नयाँ बसपार्कस्थित ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update