Kath khabar
एकैदिन १६ अंकले घट्यो नेप्से, उत्पादन बाहेक सबै सूचक रातै



               काठमाडौं, फागुन २ । नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार नेप्से १६ दशमलव ४० अंकले घटेर २१ सय पाँच दशमलव ४६ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ७४ अंकले घटेर चार सय एक दशमलव ६९ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ५५ वटा कम्पनीहरुको ३६ हजार आठ सय ८० पटकको कारोबारमा ४६ लाख ८५ हजार आठ सय नौ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७८ करोड ७० लाख १६ हजार तीन सय ७२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा उत्पादनमूलक समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनिलिभर नेपाल लिमिटेड, सामलिङ पावर कम्पनी, छ्याङदी हाइड्रो पावर लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य पनि बढेका छन् भने बाराही हाइड्रो पावर लिमिटेड, नबिल ब्यालेन्स फन्ड, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयरमूल्य भने घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, ङादी ग्रुप पावर लिमिटेड, एनआईसी एशिया बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update