ललितपुरको हरिसिद्धिमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु
ललितपुर, फागुन २ । ललितपुर महानगरपालिका-२८ हरिसिद्धिमा विजुली बत्ती मर्मत गर्नको लागि विद्युतको पोलमा चढ्ने क्रममा करेन्ट लागेर ओइटी सप्लायर्स इलेक्ट्रिक पसलमा काम गर्ने झापा घर भएका ३० वर्षीय हरि राजवंशीको सोमबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ १६:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय