Kath khabar
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा कुशलको पहिलो शतक

 

                     काठमाडौं, फागुन २ ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् । 

कुशलले  ९९ बलमा  ९ चौका र ४ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।  यो सँगै नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २२९ रन बनाएको छ । 

नेपालका ज्ञानेन्द्र मल्ल २५ रन र ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए । कप्तान रोहित पौडेल ७२ तथा कुशल मल्लले ६ रनमा आउट भए । 

क्रिजमा अहिले कुशल भुर्तेल र सन्दीप जोरा रहेका छन् । भुर्तेल १०० रनमा अविजित रहँदा जोरा ९ रनमा अविजित रहेका छन्।

कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् ।

यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए । कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।

नामिबियाले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २८५  रन बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे ।

उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् । उनले १ सय ३३ रन बनाएका थिए । कप्तान ग्रेहार्ड इमास्मसले ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । 

एकदिवसीय अन्तराष्ट्रियमा नामिबिया विरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।

लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । २०१६ मा भएको २ खेलमा दुवै खेल नेपालले जितेको थियो । 

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update