काठमाडौं, फागुन २ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियालाई हराउँदै ऐतिहासिक जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेलकाे कीर्तिमानी शतकमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै जित हासिल गरेको हो ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितको लागि कुशल भुर्तेलले सर्वाधिक ११५ रनको योगदान दिए । कुशलले ९९ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । उनी नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर हुन् । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र निकोल लोफ्टी इटनले तीन/तीन विकेट लिए । बर्नार्ड स्कोल्टज र टांगेनी लुंगामेनी समान एक/एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।
करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए । नेपालले अब दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ ।