प्रधान सेनापति शर्मा र अमेरिकका एशियाली मामिला प्रमुख अख्तरबिच भेटवार्ता
1676434238.jpg)
काठमाडौं, फागुन ३ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र अमेरिकाका एशियाली मामिलाका सहायक प्रमुख एफरिन अख्तरबिच भेटवार्तात भएको छ । उनीहरुबिच मंगलबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वाास नेपाली सेनाले लिएको जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय