दुर्घटना
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते
बस सीधै पानीमा खसेको र उद्धार छिटो हुँदा ठूलो क्षति हुन नपाएको पौडेलले बताए। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ
मुस्ताङ, फागुन ३ । मुस्ताङको जोमसोम देखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३, धम्पु भन्ने ठाउँमा कालीगण्डकीमा खस्दा २ भारतीय सहित १७ जना घाइते भएका छन् ।
ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको जनाईएको छ। सडकबाट बस करिब ४५ मिटर तल खसेको डीएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए ।
बस सीधै पानीमा खसेको र उद्धार छिटो हुँदा ठूलो क्षति हुन नपाएको पौडेलले बताए। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते २ जना सहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्स मार्फत पोखरा पठाइ सकिएको छ भने बाँकी ३ जना सामान्य घाइतेको थासाङ-३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय