Kath khabar
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

 

                  काठमाडौ, फागुन ३ ।  आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाले स्कटल्यान्डलाई रनको १५४ रनको लक्ष्य दिएको छ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भयो।

नामिबियाका लागि ओपनर लोह्यान्डल लाउरेन्सले अर्धशतक प्रहार गरे।  उनले ८८ बलमा ५४ रन जोडे। त्यसपछिका ४ ब्याट्सम्यान भने सस्तैमा आउट भए। कार्ल बिरकेनस्टक र भान लिङ्गेन ४-४ रनमा आउट हुँदा कप्तान इरासमस र निकोल इटन डकआउट भए।

जान ग्रिनले २५ रन जोड्दा बेर्नाल्ड स्कोलट्जले ३० रन जोडेका थिए। बलिङमा स्कटल्यान्डका मिकेल लिस्कले ४ विकेट लिँदा सफायन शरिफ र मार्क वाटले ३-३ विकेट लिए।

सिरिजमा यसअघि मंगलबार नेपालले नामिबियालाई २ विकेटले हराएको थियो। सिरिजमा नेपालले स्कटल्यान्डसँग शुक्रबार खेल्दैछ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update