Kath khabar
१३ अंकले घट्यो नेप्से


                     काठमाडौं, फागुन ३ । नेप्से घटेको छ । आज बुधबार नेप्से १३ दशमलव ९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ६६ अंकले घटेर चार सय दशमलव तीन अङ्कमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरूको ३३ हजार चार सय ८३ पटकको कारोबारमा ४८ लाख १५ हजार एक सय २० कित्ता खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७३ करोड २५ लाख ७५ हजार दुई सय दुई रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा उत्पादनमूलक समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिलिभर नेपाल लिमिटेड, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने गरिमा बैंक डिबेन्चर २०८५, विजय लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अपि पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, ङादी ग्रुप पावर लिमिटेड, अपि पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update