काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर पड्किएर नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी र उनकी आमा घाइते भएका छन् ।
गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद भण्डारीको निवास बुद्धनगरमा बुधबार राति १० बजेतिर ग्यास सिलिन्डर पड्किँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जनाएको छ ।
भण्डारीको शरीरको ३० प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी शरीर जलेको बताइएको छ । उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । भण्डारी हालै भएको आमनिर्वाचनबाट गुल्मी क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका हुन् ।
अस्पतालले दुवैजनालाई थप उपचारका लागि नेपालबाहिर लैजान सिफारीस गरेको छ । आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै नेपालमा थप उपचार सहज नहुने देखिएकोले दुवै जनालाई देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशिघ्र लैजान सिफारिस गरिएको उल्लेख गरेको छ।